चीनभन्दा भारतमा धेरै भयो दुई पाङ्ग्रे सवारीसाधनको बिक्री

चीनभन्दा भारतमा धेरै भयो दुई पाङ्ग्रे सवारीसाधनको बिक्री

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । रिपोर्टका अनुसार भारतले दुई पाङ्ग्रे सवारीसाधनको बजारमा चीनलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारीसाधनको बजार बनेको छ ।

यसको अर्थ ग्रामीण क्षेत्रले भरिएको भारतमा चीनमा भन्दा धेरै बाइक र स्कुटर बिक्री भएको हो ।

होन्डाका बाइक विश्वमा बढी बिक्री हुने गरेको छ । त्यसपछि हिरो मोटोकर्प, यामाहा, टीभीएस मोटर र याडिया जस्ता कम्पनीहरू छन् । टीभीएस मोटर वार्षिक २५ प्रतिशतको वृद्धिका साथ शीर्ष १० ब्रान्डहरूमध्ये सबैभन्दा छिटो बढिरहेको ब्रान्ड बनेको बताइएको छ ।

सन् २०२४ को पहिलो छ महीनामा विश्वव्यापी रूपमा दुई पाङ्ग्रे सवारी साधनको बिक्री वार्षिक आधारमा ४ प्रतिशतले बढेको छ । तर, चीन र दक्षिणपूर्वी एसियामा दुईपाङ्ग्रे सवारीसाधनको बिक्री घटेको छ ।

पहिलो ६ महीनामा भारतमा दुई पाङ्ग्रे सवारीको बजार २२ प्रतिशतको बढेको छ ।चीनमा १२५ सीसीभन्दा कम क्षमता भएका धेरै बाइक र स्कुटर बिक्री हुने गरेको छ । तर, ग्राहकले दैनिक उपभोगका लागि मोटरसाइकल र स्कुटरको सट्टा इलेक्ट्रिक मोटरसाइकल रोज्न थालेका छन् ।

Logo