फुल चार्जमा २०० किमी रेन्ज दिने पहिलो हाई भोल्टेज इलेक्ट्रिक बाइक लन्च

फुल चार्जमा २०० किमी रेन्ज दिने पहिलो हाई भोल्टेज इलेक्ट्रिक बाइक लन्च

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । इलेक्ट्रिक सवारीसाधन स्टार्टअप र्‍याप्टी डट एचभीले टी३० र टी३० स्पोर्ट गरी दुई भेरिएन्टमा ल्याइएको आफ्नो पहिलो हाई भोल्टेज इलेक्ट्रिक बाइक भारतमा लन्च गरेको छ ।

टी३० र टी३० स्पोर्ट गरी दुई भेरिएन्टमा ल्याइएको यो बाइकको डेलिभरी जनवरीदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

फुल चार्जमा २०० किलोमिटरसम्मको दुरी तय गर्न सक्ने यसलाई २५० देखि ३०० सीसीको पेट्रोल बाइकलाई चुनौती दिन डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ । र्‍याप्टी डट एचभी टी३० को डिजाइनमा शार्प लाइन्स, डायमन्ड आकारको हेडलाइट र स्प्लिट सिट सेटअप दिइएको छ ।

चारवटा रङमा उपलब्ध यस बाइकमा ७ इन्चको ब्लुटुथ कनेक्टिभिटी, जीपीएस नेभिगेसन र ओभर–द–एयर अपडेट सपोर्ट गर्ने टचस्क्रिन डिस्प्ले दिइएको छ ।

यसमा जडान गरिएको २२ किलोवाटको इलेक्ट्रिक मोटरले ७० एनएमको टर्क जेनेरेट गर्छ भने बाइकले ३.५ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको उच्च गति १३५ किमी प्रतिघण्टा रहेको छ । यसमा कम्फर्ट, पावर र स्प्रिन्ट गरी तीन वटा सवारी मोड छ ।

बाइकमा रहेको ५.४ किलोवाट क्षमताको ब्याट्रीले फुल चार्जमा १५० किलोमिटरको वास्तविक रेन्ज र २०० किलोमिटरको आईडीसी रेन्ज दिने कम्पनीले बताएको छ । र्‍याप्टी डट एचभी टी३० मा इलेक्ट्रिक कारमा प्रयोग हुने हाई भोल्टेज सीसीएस२ चार्जर प्रयोग गरिएको छ ।

Logo