फलफूल तथा तरकारीको मूल्य: गोलभेँडा १४०, चमसुरको साग किलोको १०० रुपैयाँ

फलफूल तथा तरकारीको मूल्य: गोलभेँडा १४०, चमसुरको साग किलोको १०० रुपैयाँ

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज गोलभेँडाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । हिजो १३५ रुपैयाँ रहेको गोलभेँडा ५ रुपैयाँले बढेको हो । यसदिन हरियो लसुन भने ५० रुपैयाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपैयाँ थियो ।

त्यस्तै, चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ । यस्तै आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । यसैगरी टाटे सिमीको ८०, चिचिण्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

Logo