ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमाः एकै पटक २०० युनिट डेलिभरी

ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमाः एकै पटक २०० युनिट डेलिभरी

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नेपालमा एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल ग्राहकलाई डेलिभरी गरिएको छ । नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक कार्यक्रम गरी मोटरसाइकल हस्तान्तरण गरेको हो ।

कम्पनीका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए । हाल दुवै मोडल गरी २०० युनिट डेलिभरी गरिएको कम्पनीको भनाइ छ ।

गत भाद्र महिनाको ११ गतेदेखिको नाडा अटो शो २०२४ का अवसरमा १५० युनिट बुकिङ भएका र त्यसपछि ५० युनिट बुकिङ भएको बताइएको छ । ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९ सय र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

ट्रायम्फ स्पिड४०० शहरी क्षेत्रका लागि डिजाइन गरिएको हो । यसमा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल छ । साथै राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र ग्राहकको थप सुरक्षाका लागि इम्मोबिलाइजरको सुविधा पनि छ ।

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्समा आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स छ । स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।

Logo