सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ

केन्द्रबिन्दु
714
Shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ७५ रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo