पार्किङ गरेको ठाउँमै सेरेसको ईभी गाडीमा आगलागी

पार्किङ गरेको ठाउँमै सेरेसको ईभी गाडीमा आगलागी

केन्द्रबिन्दु
658
Shares

काठमाडौँ । नेपालमा एमएडब्लू वृद्धि अटोकर्पले बिक्री गर्दै आएको सेरेसको ईभी गाडीमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेसको ईभी एसयूभीमा अचानक आगलागी भएको हो ।

सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्ट अगाडि पार्किङ गरेर राखेकै ठाउँमा उक्त गाडीमा आगलागी भएको बताइएको छ । आगलागी हुँदा गाडीबाहेक अन्य क्षति भएको छैन ।

गाडीको ब्याट्री सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । अहिले भने गाडीमा लागेको आगोलाई नियन्त्रणमा लिइसकिएको छ ।

Logo