मारुती सुजुकीको ह्याचब्याक कार स्विफ्ट नयाँ एडिसनमा, यस्तो छ विशेषता

मारुती सुजुकीको ह्याचब्याक कार स्विफ्ट नयाँ एडिसनमा, यस्तो छ विशेषता

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ । मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टको नयाँ एडिसन भिएक्सआई र भिएक्सआई (ओ) सार्वजनिक गरेको छ । कम्पनीले लिमिटेड एडिसनका रूपमा ब्लिट्ज संस्करणलाई बजारमा ल्याएको हो ।

नयाँ भेरिएन्टमा उपलब्ध हुने कारमा ३९ हजार ५०० भारु बराबरको निःशुल्क एसेसोरिज उपलब्ध गराइएको छ ।

कारमा ब्ल्याक रूफ स्पोइलर, अगाडि, पछाडि र साइडमा अन्डरबडी स्पोइलर तथा बडी मोल्डिङ, एलईडी फग ल्याम्प, विन्डो फ्रेम किट, ग्रिल गार्निस र डोर भाइजरहरू उपलब्ध छन् भने इन्टेरियरमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र थप सुविधाहरू दिइएको छ ।

पेट्रोल र सीएनजी दुबै पावरट्रेनमा उपलब्ध हुने सुजुकीको सो नयाँ एडिसनको कारमा जडान गरिएको १.२ लिटर इन्जिनले ८२ बीएचपी र ११२ एनएम टर्क जेनेरट गर्दछ भने यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी ट्रान्समिन दिइएको छ ।

Logo