चीनमा औपचारिक रूपमा लन्च भयो चांगान दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

चीनमा औपचारिक रूपमा लन्च भयो चांगान दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ । ईभी र ईआरईभी भेरिएन्टमा उपलब्ध चांगान दिपल एस ०५ चीनमा औपचारिक रूपमा लन्च भएको छ ।

चीनमा १६ हजार ९ सयदेखि २० हजार ५ सय डलरसम्म मूल्य तोकिएको सो दिपल ईभीको डेलिभरी पनि छिट्टै शुरु हुने अपेक्षा गरिएको छ ।

सन् २०२२ अप्रिलमा लन्च भएको दिपल ब्रान्डले एक कार्यक्रमका बीच आफ्नो तीन लाख गाडी समेत डेलिभरी गरेको छ । दिपल एस०५ सो ब्रान्डको ‘इन्टरस्टेलर फ्लाइङ विङ’ डिजाइनमा र पाँच पेन्ट कलरमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६२०, १९०० र १६०० एमएम छ भने ह्विलबेस २८८० एमएम छ ।

यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इनचको स्क्रिन प्रोजेक्सन गर्न सक्छ भने कारमा प्रयोग गरिएको दिपल फोरके इन्टेलिजेन्ट क्यामेरामा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ ।

एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेको यस कारमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् ।

यसको ईभी भेरिएन्टमा १७५ किलोवाट र ३२० एनएम रियर इलेक्ट्रिक मोटर छ । यसमा भएको ५६.१२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्रीले सीएलटीसी रेन्ज ५१० किलोमिटर दिन्छ । सो ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज हुन १५ मिनेट मात्र लाग्छ ।

दिपल ओएस ३.० प्रयोग गरिएको यसको इन्टेरियरमा १५.४ इन्चको २.५के सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ भने यसको स्टेयरिङ ह्विल ‘डी’ आकारको छ ।

नेपाली बजारमा दिपल एल०७ र एस०७ को बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धिले आगामी दिनमा एस०५ पनि नेपाली बजारमा आउने जनाएको छ ।

Logo