२ अर्ब लगानीमा अघि बढ्यो ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्टको निर्माण

२ अर्ब लगानीमा अघि बढ्यो ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्टको निर्माण

केन्द्रबिन्दु
364
Shares

काठमाडौं । ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्टको निर्माण प्रक्रिया अघि बढेको छ ।

अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा रिसोर्ट खोल्न पर्यटन विभागले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो ।

मुगु छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने रिसोर्टमा १९ वटा भवन र त्यसका ६२ कोठा र ९८ शय्या क्षमता रहनेछ ।

अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको उक्त होटलको लागत करिब २ अर्ब रुपैयाँ रहने छ । एक्सपर्ट ग्रुपको मुख्य लगानी रहने उक्त रिसोर्टमा नेपाली साझेदारका रूपमा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले नेतृत्व गर्नेछन् ।

Logo