युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले यो सहयोग गरेको जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो फास्ट मुभिंग कन्जुमर गुड्स कम्पनीहरू मध्ये एक युनिलिभर नेपाल सङ्कटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ । हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद् घडीमा पीडित समुदायको सहयोगका लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक तथा सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पर्‍याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।

Logo