एनएमबी बैंकको १ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

एनएमबी बैंकको १ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखेको हो ।

संस्थापक शेयर खरिद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्रमा काठमाडौँको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो । शेयर खरिदको निवेदन प्राप्त भएपश्चात् विक्रेता संस्थापकसँग समन्वय गरी खरिदकर्ता र बिक्रीकर्ताको आपसी सहमतिमा मात्र शेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जानकारी दिएको छ ।

Logo