थ्रीस्टार हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

थ्रीस्टार हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको हालको चुक्ता ४९ करोड २ लाख रुपैयाँको १ः१ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकको हकप्रद शेयर निष्काशनको निर्णय गरेको हो ।

कम्पनीका अनुसार विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति लिनका लागि निवेदन दिने निर्णय भइसकेको छ । उक्त हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने कम्पनीले बताएको छ ।

दायित्व भुक्तानी गरेपश्चात् बाँकी रहेको १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन ९ मेगावाटको माथिल्लो भुरुण्डी ए जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने कम्पनीको भनाइ छ ।

विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि भएको छ ।

Logo