२३ अर्ब अमेरिकी डलर ब्रान्ड भ्यालुसहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

२३ अर्ब अमेरिकी डलर ब्रान्ड भ्यालुसहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । हुन्डाई मोटर कम्पनी सन् २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३० औँ स्थानमा परेको छ । कम्पनीले आफ्नो ब्रान्ड मूल्याङ्कन २३ अर्ब डलर पुगेको घोषणा गरेको छ ।

हुन्डाई मोटरले पाँच वर्षमा आफ्नो ब्रान्ड मूल्यमा ६३ प्रतिशतले वृद्धि गरेको जनाएको छ । यस अवधिमा ब्रान्डले ६ स्थानमाथि उक्लिँदै ३६ औँ बाट ३० औँ स्थानमा आएको छ ।

कम्पनीले ब्रान्ड भ्यालु बढाउन विभिन्न कामहरू गरेको जनाएको छ । जसमा हुन्डाई मोटरको लक्ष्य ‘प्रोग्रेस फर ह्युम्यानिटी’ अन्तर्गत रहेर उसले काम गरेका थियो ।

कम्पनीले आर्चरी र फिफा वल्र्ड कपजस्ता खेलकुद क्रियाकलापहरूमा स्पोन्सर गर्दै आएको छ । जसका लागि हुन्डाई मोटरले ब्रान्डमा उपभोक्तालाई अनुबन्धिन गराउँछ । हुन्डाई मोटरले सिंगापुरमा मिचिलिन स्टेयर्ड क्याफेसँगको सहकार्यमा ‘ना ओ’ रेस्टुराँसमेत सञ्चालनमा ल्याइसकेको छ । यसले रेड डट अवार्डमा ब्रान्ड एन्ड कम्युनिकेसन डिजाइन अवार्ड २०२४ मा प्रसंशा पाएको थियो ।

हुन्डाई मोटरले मोबिलिटी इकोसिस्टम निर्माणमा गेम चेन्जर हुनेगरी आफ्नो उत्पादन र सर्भिसलाई सफ्टवेर र एआईसँग जोडेर सहज बनाइरहेको जनाएको छ ।

Logo