भारतमा सेप्टेम्बर महिनामा ७९ हजार ३ सय युनिट रोयल इन्फिल्डको मोटरसाइकल बिक्री

भारतमा सेप्टेम्बर महिनामा ७९ हजार ३ सय युनिट रोयल इन्फिल्डको मोटरसाइकल बिक्री

केन्द्रबिन्दु
406
Shares

काठमाडौँ । भारतमा सेप्टेम्बर महिनामा कूल ७९ हजार ३ सय २६ युनिट रोयल इन्फिल्डको मोटरसाइकल बिक्री भएको छ ।

उक्त महिना ३३ हजार ६५ युनिट बिक्रीसहित कूल बिक्रीको ४३ प्रतिशत भन्दा बढी हिस्सा क्लासिक ३५० ले ओगटेको हो ।

यसैगरी सर्बाधिक बिक्री हुने ४ शिर्ष मोडलमा ३५० सिसी सेग्मेन्ट परेका छन् । जसको कूल बिक्रीमा ९० प्रतिशत योगदान छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.८२ प्रतिशतले बढी हो ।

क्लासिक ३५० पछि दोस्रो धेरै बिक्री हुने मोडलमा हन्टर ३५० परेको छ । सेप्टेम्वरमा हन्टर ३५० १७ हजार ४०६ युनिट बिक्री भएको जनाइएको छ । यसैगरी, बुलेट ३५० को १२ हजार ९०१ युनिट, मेटिओर ३५० को ८ हजार ६६५ युनिट र हिमालयन १ हजार ८१४ युनिट बिक्री भएका छन् । नेपालमा पनि क्लासिक ३५० रोयल इन्फिल्डको वेस्ट सेलिङ मोडलका रूपमा परिचित छ ।

Logo