गायक अनिल सिंह अस्ट्रेलियाका बालमैत्री उत्पादनको प्रवद्र्धन गर्दै

गायक अनिल सिंह अस्ट्रेलियाका बालमैत्री उत्पादनको प्रवद्र्धन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायक अनिल सिंह सांगीतिक क्षेत्रमा मात्र सक्रिय छैनन्, सामाजिक तथा प्रर्वद्धनात्मक कार्यमा पनि उत्तिकै सक्रिय छन् । अस्ट्रेलियामा उत्पादन भएको नेचर्स वे ब्राण्डको प्रर्वद्धनात्मक दूतको रुपमा नियुक्त भएसंगै गायक सिंह ती उत्पादनको प्रवद्र्धनमा खटिएका छन् ।

काठमाडौंका लाजिम्पाटस्थित सिसम वर्ल्ड मन्टेश्वरीमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह नेचर्स वेका पाँच वटा बाल मैत्री उत्पादनसहित प्रस्तुत भए । बालबालिकाको स्वास्थका लागि उपयोगी ती पाँच वटा ब्राण्डलाई नेपालको प्रतिष्ठित डाक्टर साथी फार्मेसीले नेपाल भित्राएको हो ।

काठमाडौंमा आयोजित हेल्थ क्याम्पमा गायक सिंह सहित डाक्टर साथीका सन्तोष बर्तौलाले मन्टेश्वरीका बालबालिकामाझ ती उत्पादनहरु प्रदर्शन गरे । त्यसक्रममा गायक सिंहले बालबालिकाहरुलाई विभिन्न उपहारहरु समेत प्रदान गरे ।

कार्यक्रममा नेपाल भित्राईएका नेचर वेका उत्पादनहरु प्रोबायोटिक ड्रप्स, किड्स स्मार्ट बर्सलेट्स ओमेगा–३ फिस ओयल फ्रुटी, क्याल्सियम प्लस भिटामिन डिथ्री, भिटा गमिज आदि उत्पादनहरु छन् । यी उत्पादनहरु अस्ट्रेलियाका बालबालिकाहरुमाझ अत्यन्त लोकप्रिय छन् ।

अष्टे«लियाको गुणस्तरीय उत्पादन नेपाली बालबालिकाहरुले पनि प्रयोग गर्न पाउनुपर्छ भन्ने उदेश्यले आफू यो उत्पादनको प्रवद्धनमा सक्रिय भएको गायक सिंहले स्पष्ट पारेका छन् । डाक्टर साथीका बर्तौलाका अनुसार ती उत्पादनहरु अनलाइन सपिङमार्फत प्राप्त गर्न सकिनेछ ।

Logo