चन्द्र ढकालको स्पष्टिकरण, ‘स्वीस बैंकमा मेरो कुनै खाता छैन’

चन्द्र ढकालको स्पष्टिकरण, ‘स्वीस बैंकमा मेरो कुनै खाता छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी नभित्र्याएको दावी गरेका छन् ।

खोज पत्रकारिता केन्द्र (सिआइजे) ले बुधबार सार्वजनिक गरेको नेपालिक्स २०१९ मा ढकालको नाम जोडिएपछि पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढकालले कुनै पनि स्वीस बैंकमा खाता नरहेको र ट्याक्स हेभन मुलुकमा आफ्नो कम्पनी समेत दर्ता नगरेको बताए । प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आफुसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम नजोडिएको जिकिर गरे ।

खोज पत्रकारिता केन्द्रले उनले स्वी बैंकमा कालोधन र रहेको ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी भित्र्याएको तथ्य सार्वजनिक गरेपछि नेपालका उद्योग व्यवसायीबीच तहल्का नै मच्चिएको छ । केन्द्रले नेपालका ५५ जना उद्योगी तथा व्यापारीको स्वीस बैंकमा खाता रहेको तथ्य सार्वजनिक गरेको थियो ।

ढकालले बेलायतको कम्पनी रजिष्ट्रारको कार्यालय ‘कम्पनिज हाउस’ मा सन् २००२ अगष्ट ९ मा सनवर्ड कम्प्युटर कन्सल्ट्यान्टस लिमिटेड खरिद गरेको देखिन्छ ।

यसमा ढकाल, उनका भाइ हेमराज, दुुई बेलायती र दुुई गैरआवासीय नेपालीले लगानी गरेका छन् । हेमराज ढकालको लगानी रहेको अर्को कम्पनी आईएमई होल्डिङ लिमिटेड पनि बेलायतमा दर्ता छ ।

कम्पनिज हाउसले उपलब्ध गराएको विवरण अनुसार, चन्द्र ढकालको नेपालको ठेगाना महाराजगञ्ज–४ काठमाडौं र बेलायतको ठेगाना पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड उल्लेख छ । हेमराजको ठेगाना चाहिं बेलायतको पेन्ट्याक्स हाउस, साउथ ह्यारो मिडिल सेक्स इङ्गल्यान्ड लेखिएको छ ।

 

Logo