नेप्से घटे पनि तामाकोसीका लगानीकर्ताले कमाए राम्रो नाफा

नेप्से घटे पनि तामाकोसीका लगानीकर्ताले कमाए राम्रो नाफा

केन्द्रबिन्दु
0
Shares

बिहीबार नेप्से परिसूचक घटे पनि माथिल्लो तामाकोसीका सेयर लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् ।  सो कम्पनीको सेयर मूल्य ३११ रुपैयाँ पुगेको छ।

बिहिबार कारोबार सुरु भएको १० मिनेट पनि नपुग्दै अपर तामाकोशीको शेयर मूल्य सर्किट लागेको थियो  ।  कम्पनीको सेयर खरिदका लागि थुप्रिएको आदेशअनुसार बिक्री गर्नेहरु नभए पछि मूल्य दैनिक करिब १० प्रतिशतका दरले बढिरहेको छ।

गत आइतबार कम्पनीको सुरुवाती कारोबारको लागि ७४.८९ देखि २२४.६७ सम्मको रेन्ज तोकि दिएको थियो। यो कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ ।

यसै बीच आज  नेप्से ०. २ अंकले ओर्लिएर हिजोकै ११८७ अंकमा कायम भएको छ। यसैगरी आज नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ५ प्रतिशत मूल्य कमाए। यस दिन कुल १६४ कम्पनीको २८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।

माथिल्लो तामाकोसीको मूल्य बढ्दा समग्र जलविद्युत समूह ४० अंकले बढेको छ। अन्य र माइक्रोफाइनान्स समूह क्रमशः २ र ९ अंकले बढे। तिबाहेक सबै समूह ओर्लिए।

बैंकिङ २, व्यापार ३, होटल २, निर्जीवन बीमा समूह ६२, उत्पादन ४ र जीवन बीमा समूह ४५ अंकले घटे। फाइनान्स र विकास बैंक समूह भने १ अंकमुनि रातोमा रहे ।

Logo