तामाकोशीका लगानीकर्ताहरु मालामाल बन्दै

तामाकोशीका लगानीकर्ताहरु मालामाल बन्दै

केन्द्रबिन्दु
0
Shares

माथिल्लो तामाकोशीमा लगानी गर्ने लगानीकर्ताहरुले मालामाल कमाउँन थालेका छन् । कारोबार शुरु भएकै दिनदेखि तामाकोशीको सेयर मूल्य लगातार बढेको बढ्यै छ ।

बुधबार बजार बन्द हुँदा एक कित्ता सेयरको मूल्य २८३ रुपैयाँ थियो।  तर बिहीबार दिउसो सवा १ बजेसम्ममा एक कित्ता सेयरको मूल्य ३११ रुपैयाँ पुगेको छ । यो भनेको एकैदिनमा लगानीकर्ताको मूल्य ९ प्रतिशतले बढेको छ ।

बिहीबार सवा एक बजेसम्ममा ३३ हजार कित्ता सेयर १ करोड रुपैयाँमा किनबेच भएका छन् ।

२०७२ साल आषाढमा नै व्यवसायिक उत्पादन गरिसक्नुपर्ने यो आयोजनाले २०७६ कार्तिकबाट व्यवसायिक उत्पादन गर्ने जनाएको छ।  सुरुमा ४१ अर्व लागत लाग्ने भनिएकोमा अहिले ७६ अर्व नाघ्ने समाचार आएको छ।

Logo