आगामी माघ ५ मा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने (भिडियोसहित)

आगामी माघ ५ मा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न चाहानेहरुलाई लक्षित गर्दै आगामी माघ ५ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । राजधानीको होटल अन्नपूर्णमा हुने यस मेलामा अष्ट्रेलियाका २५ युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ ।

मेलाको उल्लेख्य मध्येको पनि उल्लेख्य पक्ष के हो भने ‘अष्ट्रेलियन विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग विद्यार्थी तथा अभिभावकले प्रत्यक्षरुपमा जिज्ञासा राख्न पाउने छन् । विद्यार्थीले विश्वसनीयता जाँच्न पाउने यस्तो मौकाका कारण पनि द नेक्स्ट एजुकेसन फेयर अतुलनीय र उल्लेख्य रहँदै आएको छ ।

‘द नेक्स्ट’आजका दिनमा विद्यार्थीले सर्वाधिक रुचाएको एजुकेशन कन्सलटेन्सी हो । मेलामा उपस्थित हुने विद्यार्थीहरुकोलागी पनि विभिन्न किसिमका गिफ्टह्याम्परहरुको ब्यवस्था गरिएको छ ।

डिल्लीबजारको हेडअफिस पछि ‘द नेक्सट’ चितवन, बुटबल, पोखरा, धरान, नवलपरासी आदि स्थानहरुमा समेत बिस्तार भइसकेको छ । सन् २००८ मा नै आइएसओ ९००१ सर्टिफिकेट पाइसकेको ‘द नेक्सट’ को आउँदो शनिबारको मेलाको तयारी पुरा भइसकेको छ ।

Logo