रामकुमार डल्लाकोटी धादिङ उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा सबैभन्दा बढी मतले विजयी

रामकुमार डल्लाकोटी धादिङ उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा सबैभन्दा बढी मतले विजयी

केन्द्रबिन्दु
0
Shares

धादिङ । धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । धादिङबेसीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट खत्री निर्वाचित भएका हुन् । उनले ६ सय ५४ मत ल्याउँदा प्रतिस्पर्धी विष्णुप्रसाद थपलियाले ६ सय १२ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा सबैभन्दा बढी मत ल्याएर रामकुमार डल्लाकोटी निर्वाचित भएका छन् । उत्तरी, मध्य र दक्षिणी गरी तिनै क्षेत्रबाट डल्लाकोटीले ५ सय ६३ मत प्राप्त गरेका छन् । जोगिमरा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.का सञ्चालक समेत रहेका युवा व्यवसायी डल्लाकोटी सबैभन्दा बढी मत ल्याउने सदस्य बनेका छन् ।

धादिङ जिल्ला उद्योग बाणिज्य संघमा तिन वटा क्षेत्रबाट अध्यक्ष र अरु सबै सदस्य निर्वाचित गर्ने व्यवस्था छ । अब निर्वाचित भएकाहरुमध्येबाट नै कार्यसमिति चयन गरिनेछ । नियमअनुसार डल्लाकोटी अध्यक्षबाहेकका सबै पदमा आफ्नो दावी गर्न पाउँछन् ।

त्यस्तै महिला सदस्यहरुमा विष्णु श्रेष्ठ, मनमाया गोतामे, गीता पाठक निर्वाचित भए । एशोसियट सदस्यहरुमा पुष्प थपलिया र सुरेन्द्र श्रेष्ठ विजयी भए ।

उद्योग सदस्यहरुमा अजय त्रिपाठी (रमेश), राजाराम सिलवाल, वाणिज्य सदस्यमा राजेश अधिकारी, रामकुमार शाह निर्वाचित भए । बस्तुगत सदस्यमा गोविन्द भण्डारी र रमेशभाई अधिकारी विजयी भए ।

त्यस्तै खुल्ला सदस्यहरुमा रामकुरासँगै निर्पेश न्यौपाने, विश्वराम दुवाडी, लोकनाथ डल्लाकोटी, किरण रावल, ईश्वरप्रसाद कोइराला, शंकर पण्डित, सुदिप रसाइली र विष्णुमणि श्रेष्ठ निर्वाचित भए । कुल एक हजार पाँच सय ८९ मतदाता रहेको संघमा एक हजार तीन सय चार मत खसेको थियो ।

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित

Logo