सुनको भाउ ६ बर्ष यताकै महँगो

सुनको भाउ ६ बर्ष यताकै महँगो

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ पछिल्लो ६ बर्ष यताकै महँगो भएको छ।  मंगलबार नेपाली बजारमा १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ ।

सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगेको छ । तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार ६० हजार ७ सयमा करोबार भइरहेको छ । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइहरेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो ।

Logo