धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित

केन्द्रबिन्दु
0
Shares

धादिङ । धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । धादिङबेसीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट खत्री निर्वाचित भएका हुन् । उनले ६ सय ५४ मत ल्याए भने प्रतिस्पर्धी विष्णुप्रसाद थपलियाले ६ सय १२ मत ल्याए ।

महिला सदस्यहरुमा विष्णु श्रेष्ठ, मनमाया गोतामे, गीता पाठक निर्वाचित भएका छन् । त्यस्तै एशोसियट सदस्यहरुमा पुष्प थपलिया र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

उद्योग सदस्यहरुमा अजय त्रिपाठी (रमेश), राजाराम सिलवाल, वाणिज्य सदस्यमा राजेश अधिकारी, रामकुमार शाह निर्वाचित भएका छन् । बस्तुगत सदस्यमा गोविन्द भण्डारी र रमेशभाई अधिकारी विजयी भएका छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा निर्पेश न्यौपाने, विश्वराम दुवाडी, लोकनाथ डल्लाकोटी, किरण रावल, रामकुमार डल्लाकोटी, ईश्वरप्रसाद कोइराला, शंकर पण्डित, सुदिप रसाइली र विष्णुमणि श्रेष्ठ निर्वाचित भएका छन् । कुल एक हजार पाँच सय ८९ मतदाता रहेको संघमा एक हजार तीन सय चार मत खसेको थियो ।

संघको उत्तर क्षेत्रको अध्यक्षमा बराबरी मतः
संघको उत्तर क्षेत्रको अध्यक्षका प्रत्यसी दुर्गादत्त उप्रेती र शुसिल अधिकारीको बराबरी भोट आएको छ । गोलाप्रथाद्धारा पहिलो १८ महिना कार्यकालका लागि उप्रेती र दोस्रो १८ महिला कार्यकालका लागि अधिकारी निर्वाचित भएका छन् ।

उत्तर क्षेत्रिय प्रतिनिधिमा रबिन्द्र बुर्लाकोटी, सन्जु श्रेष्ठ, विनोदकुमार श्रेष्ठ, रमेश कुमाल, नविनकाजी श्रेष्ठ, हिरामान मानन्धर, शिवप्रसाद रिमाल र यज्ञबहादुर अधिकारी विजयी भएका छन् ।

मध्य क्षेत्र अध्यक्षमा श्रेष्ठ निर्वाचितः
संघको मध्य क्षेत्रमा राजकुमार श्रेष्ठ (डाडाँघरे) अध्यक्षमा निर्वाचित भएका छन् । भने क्षेत्रिय प्रतिनिधिमा राजकुमार श्रेष्ठ (माझघरे), बलराम खत्री, गणेश थापा, सुवास बसेल, धननारायण श्रेष्ठ, किरण पाठक, हबि महमत, रेगन श्रेष्ठ निर्वाचित भएका छन् ।

दक्षिण क्षेत्र अध्यक्षमा कार्की निर्वाचितः
त्यस्तै दक्षिणी क्षेत्रको अध्यक्षमा दिपककुमार कार्की निर्वाचित भएका छन् । त्यस्तै दक्षिण क्षेत्रिय सदस्यहरुमा ऋषिनाथ त्रिपाठी, यन्त्रबहादुर गापा, भरत बराकोटी, कुमार बस्नेत, राजु पौडेल, जीवन विश्वकर्मा, सुब्बाबहादुर मगर र रामबाबु रेग्मी विजयी भएका छन् ।

Logo