चन्द्रागिरी हिल्सको आईपिओ आउने पक्का

चन्द्रागिरी हिल्सको आईपिओ आउने पक्का

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले आईपिओ निष्काशन गर्ने पक्का भएको छ।

कम्पनीको सोमबार सम्पन्न साधारणसभाले  आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्सले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने साधारण सेयर बिक्रीका लागि साधारणसभामा प्रस्ताव लगेको थियो  । आगामी आर्थिक बर्ष भित्र शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले राजधानीको चन्द्रागिरीमा केवलकार संचालन गर्दै आएको छ ।

Logo