आन्तरिक उडानका वायुसेवाले हवाई भाडा घटाए (घटेको मुल्यसहित)

आन्तरिक उडानका वायुसेवाले हवाई भाडा घटाए (घटेको मुल्यसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आन्तरिक उडानका वायुसेवाले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आईतबारदेखि लागू हुनेगरी आन्तरिक वायुसेवाले पनि भाडा घटाएका हुन् ।

निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएको थियो । आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएका छन् । माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाईएको छ ।

सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि घटेको छ। सिमरामा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि घटेको छ। काठमाडौं धनगढीको भाडा ४४० रुपैयाँले घटेको छ। आन्तरिक उडानमा काठमाडौं सिमरा सबैभन्दा छोटो दूरीको (२० मिनेट) र काठमाडौं धनगढी सबैभन्दा टाढा (सवा घण्टा) को गन्तव्य मानिन्छ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ।

Logo