आयल निगमको पुर्नसंरचना गरिने

आयल निगमको पुर्नसंरचना गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन् । कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृति, बिसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिवद्धता जनाए ।

बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निगमलाई यही अवस्थामा नरहन नदिने योजना अघि सारे । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने नवनियुक्त कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

त्यस अवसरमा नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगमले राष्ट्र निर्माणको अभियानमा पनि ठूलै योगदान गरेको स्मरण गराए । गएको आर्थिक वर्षमा मात्रै निगमले ५५ अर्ब रुपैयाँ राजस्व तिरेको जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलले बुढिगण्डकी जलविद्युत आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरिएको बताए । निगमले अन्य क्षेत्रमा पनि लगानी गर्न ६ अर्ब रुपैयाँ व्यवस्था गरेको स्पष्ट पारे ।

Logo