नेपाली शेयर बजारमा ठूलो मात्राको शेयर सूचिकृत

नेपाली शेयर बजारमा ठूलो मात्राको शेयर सूचिकृत

केन्द्रबिन्दु
0
Shares

नेपाली शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण भएको छ।  अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा आज सूचिकृत भएको हो ।

जसको प्रति शेयर सय रुपैयाँ कायम भएको १० करोड ५९ लाख कित्ता साधारण शेयर धितोपत्र सूचिकरण विनियमावली २०७६ बमोजिम पुस २० गतेको निर्णयनुसार सूचिकरण भएको जनाएको छ ।कम्पनीको आरटिएस सम्वन्धी सेवा सनराइज क्यापिटलले गर्ने भएको छ। एक्स्चेन्जमा सूचीकृत भएको माथिल्लो तामाकोसीको सेयरको संभवत आइतबारदेखि कारोबार सुरु हुने छ।

कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । शुरुको कारोवार मूल्य के कति हुने भन्नेबारेमा भने स्टकले केही जानकारी दिएको छैन ।  डिम्याट खातामा सेयर भएका लगानीकर्ताले कारोबार भएकै दिनदेखि बिक्री गर्न सक्नेछन्। माथिल्लो तामाकोसीको सर्वसाधारणतर्फको सेयरमा आवेदन दिने व्यक्तिले ४० देखि ५० कित्तासम्म सेयर पाएका थिए ।

दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको यस आयोजनाको ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

Logo