कुमारी बैंकले लाभांश घोषणा गरेको छ।   बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । "/>

कुमारी बैंकले घोषणा गर्यो लाभांश

कुमारी बैंकले घोषणा गर्यो लाभांश

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले लाभांश घोषणा गरेको छ।  बैंक सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षमा  बैंकले एक अर्ब  १४ लाख खुद नाफा कमाएको थियो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ। बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्त्ता पूँजी  ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ रुपैयाँकाे ८.५० प्रतिशतले हुन आउने ६० कराेड ८८ लाख ८८ हजार ५७३ रूपैयाँ बाेनस बाँड्ने छ ।

Logo