समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीलाई अर्थमन्त्री खतिवडाको आग्रह

समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीलाई अर्थमन्त्री खतिवडाको आग्रह

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सृजना गर्ने सहकारी उद्यमीहरुलाई मात्रै सरकारले कर छुटलगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पारे ।

उनले हाल संचालन भईरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

राष्ट्रिय सहकारी महासंघ नेपालद्धारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्ना सदस्यहरुको साझा हित प्रवद्र्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने पनि बताए ।

अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरुलाई लगानी गर्न पनि सचेत गराएका छन् ।

Logo