घलेम्दी हाइड्रोको आईपिओका लागि आबेदन दिने सबैले शेयर पाउने भएका छन्। "/>

घलेम्दीको आईपिओ सबैले पाउने, अधिकतम ३० कित्तासम्म पर्ने

घलेम्दीको आईपिओ सबैले पाउने, अधिकतम ३० कित्तासम्म पर्ने

केन्द्रबिन्दु
0
Shares

घलेम्दी हाइड्रोको आईपिओका लागि आबेदन दिने सबैले शेयर पाउने भएका छन्।  शेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलले दिएको जानकारी अनुसार सबै आवेदकले न्युनतम २० कित्ता शेयर पाउने निश्चित भएको हो ।

कम्पनीले पुस १९ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपिओ निष्काशनमा ल्याएको हो । कम्पनीको आइपिओमा ५४ हजार ८४३ आबेदनबाट ४१ लाख २२ हजार ४६० कित्ताको लागि आबेदन परेको बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री नियमावली अनुसार सबै अबेदकलाई पहिलो चरणमा २० कित्ताका दरले ११ लाख १६ हजार ८६० कित्ता वितरण गरिने छ । बाँकी ४ लाख ३८ हजार ९१० कित्ता शेयर फेरि १० कित्ताका दरले वितरण गर्दा ४३ हजार ८९१ जनाले थप पाउनेछ ।

घलेम्दीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार एक साता भित्रै आइपिओ बाडफाँड हुनेछ ।

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा कूल एक अर्ब १५ करोड रुपैयाँ लागतमा ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

Logo