यो वर्षको क्यान इन्फोटेकमा के के हुदैंछ नयाँ ? (भिडियोमा)

यो वर्षको क्यान इन्फोटेकमा के के हुदैंछ नयाँ ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौंमा २५ औं संस्करणको क्यान इन्फोटेक २०१९ हुदैंछ । कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघको आयोजनामा यहि माघ १५ देखि २० गतेसम्म भृकुटीमण्डपमा सूचना प्रविधि मेला हुन लागेको हो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ इ-सेवा’ नाम दिइएको मेला ६ दिनसम्म चल्नेछ ।

सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा प्रविधि सम्बन्धि कम्पनीहरुको सहभागीता रहनेछ । मेलालाई व्यवसायीहरुले विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै नयाँ नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन् । क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ नयाँ स्किमहरु ल्याएको छ ।

मेलामा प्रत्येक तीन तीन घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिनेछ । मेलामा कुनै पनि पुराना ईलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुट समेत प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोवोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ति बायोडाटाहरु आईटी कम्पनीहरुमा पठाईदिनेछ र रोजगारीको लागि आवश्यक सहजीकरण गरिदिनेछ । भिडियोमा :

 

Logo