आई.एम.ई. लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच सम्झौता

आई.एम.ई. लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण,नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरु ल्याएको छ ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्‍याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

Logo