माघ १५ देखि २५ औं क्यान इन्फोटेक हुँदैं, पहिलो पटक प्रादेशिक मेला पनि

माघ १५ देखि २५ औं क्यान इन्फोटेक हुँदैं, पहिलो पटक प्रादेशिक मेला पनि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २५ औं संस्करणको क्यान इन्फोटेक २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघको आयोजनामा यहि माघ १५ देखि २० गतेसम्म भृकुटीमण्डपमा सूचना प्रविधि मेला हुन लागेको हो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ इ-सेवा’ नाम दिइएको मेला ६ दिनसम्म चल्नेछ ।

क्यानले पहिलो पटक काठमाडौं बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को विरगञ्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ गतेसम्म प्रादेशिक इन्फोटेक आयोजना गर्दैछ ।

सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा प्रविधि सम्बन्धि कम्पनीहरुको सहभागीता रहनेछ ।

मेलालाई व्यवसायीहरुले विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै नयाँ नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन् ।

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ नयाँ स्किमहरु ल्याएको छ । मेलामा प्रत्येक तीन तीन घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिनेछ ।

मेलामा कुनै पनि पुराना ईलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुट समेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोवोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ति बायोडाटाहरु आईटी कम्पनीहरुमा पठाईदिनेछ र रोजगारीको लागि आवश्यक सहजीकरण गरिदिनेछ ।

क्यान इन्फोटेकको मुख्य प्रायोजक सुविसु केवल नेट प्रा.लि हो भने एसोसिएट प्रायोजक इ सेवा फोन पे प्रा.लि हो । त्यस्तै सिल्भर स्पोन्सरमा एस.एच टिसी इन्टरनेशनल, एस पावर विपि प्रा.लि र लर्ड बुद्ध एजुकेशन फाउण्डेशन रहेका छन् । भने अफिसियलमा नेपाली टेलिकम र नेपाल क्लियरिङ हाउस लिमिटेड रहेका छन् ।

त्यस्तै अफिसिय बैंक प्रभू बैंक, अफिसियल पेमेन्ट पार्टनर एफआई सफ्ट, अनलाईन टिकेटिङ पार्टनर इसेवा, अफिसियल एसएमएस पार्टनर स्पारो एसएमएस, अफिसियल आईएसपी-सुविसु रहेको छ ।

क्यान इन्फोटेकको अफिसियल इन्स्योरेन्स प्रभू इन्स्योरेन्स लिमिटेड हो । प्रभू इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रुपैयाँ बराबरको बिमा गर्नेछ । त्यस्तै कम्पनीले प्रत्येक स्टललाई पाँच वटा बिमा पोलिसी प्रदान गर्नेछ ।

कुल १७५ वटा स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोसिरिज, डिलर र डिस्ट्रिब्युर्टस, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुससन, पेमेन्ट सोलुसन्स लगायतका स्टल रहनेछन् ।

मेला अवलोकनको लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु. १०० र विद्यार्थीलाई रु. ५० तोकिएको छ । माघ १७ गते विजनेश डे का दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

आम जनमासमाझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्देश्यले अनलाईन टिकट खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको छ । अनलाईन टिकट www.esewa.can.com.np लगईन गरि खरिद गर्न सकिनेछ ।

Logo