आन्दोलनको चेतावनीपछि तेल चोर्ने व्यवसायीसँग झुक्यो निगम

आन्दोलनको चेतावनीपछि तेल चोर्ने व्यवसायीसँग झुक्यो निगम

केन्द्रबिन्दु
0
Shares

विराटनगर । तेल चोरी प्रकरणको छानबिनमा दोषी देखिएका टयाङ्करमाथि गरेको कारबाही फुकुवा भएको छ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएपछि नेपाल आयल निगमले तेल चोर्ने ट्याङकरलाई गरेको कारवाही फुकुवा गरेको हो ।

गत मंसिर पहिलो साता भारतीय आयल कर्पोरेसनको बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्याङ्कर नापचाज गर्दा ८३ सेन्टिमिटर (२४८४ लि.) डिजेल चोरी भएको थियो ।

चोरी प्रकरणको छानबिनका लागि नेपाल आयल निगमले उपनिर्देशक अञ्जना पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदनका आधारमा चोरीमा संलग्न ट्याङ्कर चालक धर्मेन्द्र स्वर्णकार र चोरीमा संलग्न ट्याङ्करलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।

ढुवानीकर्ता सुकदेव सिंहका १३ वटा ट्याङ्करको आयल निगमले तीन महिना ढुवानी इजाजत खारेज गरेको थियो । तर व्यवसायीले आन्दोलनको चेतावनी दिएपछि आयल निगमले कारवाही फुकुवा गरेको हो ।

Logo