विश्व बैंकका अध्यक्षद्वारा एक्कासी राजिनामा

विश्व बैंकका अध्यक्षद्वारा एक्कासी राजिनामा

केन्द्रबिन्दु
0
Shares

विश्व बैंकका अध्यक्ष जिम योङ किमले एक्कासी राजीनामा दिने घोषणा गरेका छन्  । जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् ।

जिमले  राजीनामाको कारण खुलाएका छैनन् । ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका ५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष हुनुपर्ने थियो । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

उनी विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ । जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् ।

विश्व बैंकको नयाँ अध्यक्षको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले लिने सम्भावना रहेको बताइएको छ । (एजेन्सी)

Logo