पूर्व नेपालमा पाईने भक्का अब काठमाडौंमै (भिडियोमा)

पूर्व नेपालमा पाईने भक्का अब काठमाडौंमै (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। भक्का, झट्ट सुन्दा जोही कोहीलाई अचम्म लाग्न सक्छ यो शब्द। तर, नेपालको पूर्वी क्षेत्रमा भने निकै प्रख्यात छ यो नाम। हो, यो एक प्रकारको खाने कुरा हो। जुन चामलको पिठोबाट बनाउने गरिन्छ।

हेर्दा सेतो अनि गोलो आकारको देखिने भक्का पूर्वी नेपालमा भने प्राय सबैको बोलीमा सुन्न सकिन्छ। विशेष गरेर जाडो महिना सुरु भएसँगै भक्का बनाउने गरिन्छ। जाडो महिनामा झापा, मोरङ, इटहरी लगायतका जिल्लामा भक्का सजिलै पाउन सकिन्छ।

यो मौसममा यसकै व्यापार–व्यवसाय गर्नेहरु चोक चोकमा बसेर भक्का बेचिरहेको दृश्य देख्न सकिन्छ। तर पछिल्लो केही समय भक्का काठमाडौंमा नै पनि पाउन सकिन्छ। अन्य समयमा महोत्सव तथा मेलामा मात्र पाइने भक्का अहिले भने काठमाडौंका विभिन्न स्थानमा अन्य बेला पनि पाईन्छ ।

चामलको खस्रो खाले पिठोबाट बनाइने भक्का बाफले मात्र पकाइन्छ। जसमा कुनै मिसावट गरेको हुँदैन। र यसको स्वाद पनि अलि बेग्लै हुन्छ। स्वाद अलि फरक हुने भएकै कारण यसलाई अचारसँग खाने गरिन्छ।

Logo