राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सहुलियत कर्जा, यी हुन् आवश्यक कागजात

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सहुलियत कर्जा, यी हुन् आवश्यक कागजात

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय वाणिज्य बैंकले आजबाट सहुलियत कर्जा दिन थालेको छ। बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रम अन्तर्गत अधिकतम ३‍.३३ प्रतिशत ब्याजदरमै कर्जा दिन सुरु गरेको हो ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले भीमप्रसाद अधिकारीलाई शिक्षित युवा स्वरोजगार कर्जा र रजनी आयुलाई उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको चेक हस्तान्तरण गरेर कर्जा कार्यक्रमको सुरुवात गरेका थिए ।

बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जामा ३.३३ प्रतिशत र महिला उद्यमशीलता कर्जामा २.३३ प्रतिशत कर्जासहित अधिकतम ५ कराेडसम्म कर्जा उपलब्ध गराउनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको हाल आधार ब्याजदर ६.३३ प्रतिशत छ । त्यसमा २ प्रतिशतसम्म जोखिमबापत प्रिमियम थप गर्न पाउने नियम छ । सरकारले त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जाको हकमा ५ प्रतिशत ब्याज अनुदान दिँदा ऋणीले क्रमशः २.३३ प्रतिशत र ३.३३ प्रतिशत कायम रहन गएको हो ।

कसरी लिने कर्जा ?

राष्ट्रिय वाणिज्य बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको छ ।

आवश्यक कागजात 

Logo