नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । छनौट समितिको सिफारिसका आधारमा सबैभन्दा बढी अंक पाउने अधिकारीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धाबाट अधिकारीसहित ३ जनाको नाम छनोट गरिएको थियो । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहकार पनि हुन् । टेलिकम प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई सरकारले बर्खास्त गरेपछि उक्त पद खाली थियो ।

सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट नयाँ प्रबन्ध निर्देशक छनोट गरेको हो । छनोट गरिएका अधिकारीबाहेक अरु दुवै जना टेलिकम बाहिरका थिए ।

Logo