‘नेपाली बस्तुको अन्तराष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस काठमाडौंमा

‘नेपाली बस्तुको अन्तराष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

‘नेपाली बस्तुको अन्तराष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस मनाइएको छ ।

यसै अवसरमा आईतबार बिहान काठमाडौंको ठमेल बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । देश भित्र र बाहिर पनि नेपाली बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्यात दिवसको अवसर पारेर जनचेतना जगाउन प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कर्मचारी संजय कोषबाट सुरु भएको प्रभातफेरी कार्यक्रम ठमेल बजार परिक्रमा गरी सोही स्थानमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै परिषदका अध्यक्ष श्रेष्ठले निर्यात प्रवद्र्धनका लागि आवश्यक कानुन, नीति र संस्थागत संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरे ।

उनले नेपाली वस्तुको निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यका साथ परिषदले निर्यात दिवस मनाउन सुरु गरेको पनि स्पष्ट पारे ।

प्रभातफेरी कार्यक्रममा नेपाली बस्तुको प्रवद्र्धनमा जोड दिन आह्वान गरिएको प्लेट कार्डहरु पनि प्रर्दशन गरिएको थियो । निजी क्षेत्रका व्यवसायीहरुले सरकारले आवश्यक कानुनको समेत व्यवस्था गर्न नसकेका कारण नेपाली बस्तुको निर्यात् उकालो लाग्न नसकेको आरोप लगाउँदै आएका छन ।

उनीहरुले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन पनि निर्यात प्रवद्र्धनमा जोड दिन सरकारलाई सचेत गराउँदै आएका छन ।

Logo