ओपो एफ नाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

ओपो एफ नाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

केन्द्रबिन्दु
0
Shares

ओपोले नयाँ बर्ष २०१९ को अवसर पारेर ओपो एफ नाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यो फोन जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने सम्भावना रहेको जनाएको छ । विभिन्न ग्राडियण्ट रंगमा सार्वजनिक गरिएको ओपो एफनाइन आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माझ लोकप्रिय हुने कम्पनीले बिश्वास लिएको छ । हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन आकर्षक फोन भएको कम्पनीको दाबी छ ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमाओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिनफोनमा पनि यसैलाई निरन्तर्ता दिइएको देखिन्छ ।

फोनको प्यानललाई कोर्निङ गोरिल्लाग्लास ६ मार्फत सुरक्षाप्र दान गरिएको छ । कम्पनीको दावीअनुसार गोरिल्लाग्लास ५ का तुलनामा ६ ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्रेटका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएको छ  ।

ओपो एफ नाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी ६० उपलब्ध छ । कम्पनीले यसमा फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ ।

यसको बजार मूल्य ओपो एफ नाइनकै हाराहारीमा हुने कम्पनीले जनाएको छ ।

Logo