नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ३ जनाको नाम सिफारिस

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ३ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस गरिएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरिएको हो ।

यो सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रवनध निर्देशक नियुक्त गरिनेछ । कामिनी राजभण्डारी बर्खास्तमा परेपछि यो पद रिक्त छ ।

सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समितिले ३ जनाको नाम सिफारिस गरेको हो । अधिकारी र पहाडी अहिले पनि टेलिकममा कार्यरत कर्मचारी हुन् । आचार्य भने यसअघि पनि टेलिकममा प्रवन्ध निर्देश्कका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

Logo