उद्योगपति किसनलाल दुगडको आत्मकथा विमोचन

उद्योगपति किसनलाल दुगडको आत्मकथा विमोचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको आत्मकथा समेटिएको “The Renaissance Man” नामक पुस्तक विमोचन गरिएको छ । ७५ औं जन्मोत्सव पारेर दुगडको सचित्र आत्मकथा समेटिएको उक्त पुस्तक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विमोचन गरेका छन् ।

उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितिमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ । किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उनले १३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागि रहेका थिए ।

कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्‍यो भने देश विकासमा सहयोग पुर्‍याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्रसंग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तैः आंटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आईरहेका छन् । के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ ।

नेपालमै कच्चा पदार्थ पाइने उद्योगहरुको स्थापना गर्दा देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुहले पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रो पावरहरुमा पनि लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ ।

Logo