नेपालमै पहिलो पटक भित्रियो हावाबाट पानी बन्ने प्रबिधि (भिडियोसहित)

नेपालमै पहिलो पटक भित्रियो हावाबाट पानी बन्ने प्रबिधि (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नवौं निक इलेक्ट्रो टेक २०१८ सम्पन्न भएको छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराको साथ इलेक्ट्रोनिक्स सामानहरुको व्यापारमा सहज र प्रर्वद्धनका लागि भृकुटिमण्डपमा पुस ६ देखि १० गतेसम्म यो मेला आयोजना गरिएको थियो । उक्त मेलामा विद्युतिय सामग्रीहरुका स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु राखिएका थिए ।

त्यहाँ राखिएको एउटा हो हावाबाट पानी बन्ने प्रबिधि । क्रमप्टन कम्पनीको स्टलमा राखिएको यो प्रविधी नेपालमा पहिलो पटक भित्रिएको हो । हावाबाट पानी बनाउने यो नयाँ प्रविधिले हावाबाट २४ घण्टामा ५० लिटर शुद्ध पानी जम्मा हुने गर्दछ ।

५० लिटर पानी जम्मा हुँदा यस प्रविधिले ८ सय वाट विद्युत खपत गर्दछ । यो बिधिले हावामा भएको पानीलाई कन्डेन्सको माध्यमबाट पानी बन्ने गर्दछ । पानीलाई शुद्धिकरण गरेर बनाउन योग्य बनाउनुको साथै हावालाई पनि स्वच्छ बनाउने काम यो प्रविधिले गरेको छ ।

Logo