९ महिनापछि सेयर बजारमा एकैदिन अर्ब बढीको कारोबार

९ महिनापछि सेयर बजारमा एकैदिन अर्ब बढीको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लामो समयपछि सेयर बजारको कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । बिहीबार एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । करिब ९ महिनापछि एक अर्ब रुपैयाँ माथिको कारोबार भएको हो ।

विगत लामो समयदेखि लगानीकर्ताहरु अर्थमन्त्री प्रति संसङ्कित हुँदैं आएका थिए । उनको शेयर बजार प्रतिको नकारात्मक धारणा विस्तारै हट्दै गएको र बजार सुधारको पक्षमा देखिएकोले लगानीकर्तामा उत्साह थपिएको हो ।

केही समययता नेप्से परिसूचकमा उच्च वृद्धि भएता पनि कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । बिहीबारको बजारमा भने कुल २८ लाख ७२ हजार ५५१ कित्ता सेयर अर्बौ रुपैयाँमा किनबेच भएको हो ।

कुल १७४ कम्पनीको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ११५५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Logo