निक इलेक्ट्रो टेकमा एकाएक दिपाश्री पुगेपछि ( भिडियो सहित )

निक इलेक्ट्रो टेकमा एकाएक दिपाश्री पुगेपछि ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका साथ इलेक्ट्रोनिक्स सामानहरुको व्यापारमा सहज र प्रर्वद्धनका लागि भृकुटीमण्डपमा आयोजना गरिएको निक इलेक्ट्रो टेकको आज अन्तिम दिन हो ।

नेपाल विद्युत महासंघले आयोजना गरेको ‘निक इलेक्ट्रो टेक–२०१८’ पौष ६ गते देखि पाँच दिन चलेको थियो । विद्युतिय सामग्रीहरुको व्यवसायलाई थप विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागितामा यो मेला विगत १९९६ देखि २–२ वर्षको फरकमा आयोजना हुँदै आएको छ ।

यो मेलाको उद्देश्य भनेको विद्युतिय सामाग्रीहरुको बारेमा एकै छानामुनी धेरै सामान पाइने र कसरी धेरै जानकारी लिन सकिने भन्ने नै हो । मेलामा स्वदेशी तथा विदेशी ब्राण्डहरुको अत्याधुनिक विद्युतिय सामाग्रीहरु प्रदर्शनीमा राखिएका थिए । ५ दिन सम्ममा मेला करिव १ लाख जनाले अवलोकन गरेका थिए । अवलोकनकै क्रममा राष्ट्रिय कलाकार दीपाश्री निरौला पनि मेलामा पुगेकी थिइन् । आज अन्तिम दिन उनी मेलाको आकर्षक व्यक्तिका रुपमा पनि रहेकी थिइन् । हेरौं भिडियोमा :

Logo