‘निक इलेक्ट्रो टेक–२०१८’ मा जाडोका सामानहरु

‘निक इलेक्ट्रो टेक–२०१८’ मा जाडोका सामानहरु

केन्द्रबिन्दु
0
Shares

जाडो महिना सुरु भईसकेको छ । फेरिँदो जीवन शैलीमा विद्युतीय सामाग्रीहरु मानिसको अभिन्न अंग जस्तै बनेका छन् । त्यसैले मानिसको जीवनमा विद्युतीय सामाग्रीहरु अत्यन्त महत्वपूर्ण रहेको छ ।

मानिसहरु अहिले यति आधुनिक भएका छन्, कि उनीहरु छिटो र सजिलो तरिका अपनाउन चाहन्छन् । अहिले मानिसहरु खाना पकाउनदेखि लिएर नुहाउन सम्म विद्युतको प्रयोग गर्न थालेका छन् । जाडोमा विशेषत मानिसहरु सोलार, गिजर, वासिङ मेसिन जस्ता विद्युतीय उपकरणहरु प्रयोग गरेर लाभ लिने गर्दछन् ।

पुस ६ गतेबाट सुरु भएको नवौं निक इलेक्ट्रो टेक २०१८ मा जाजाडोलाई लक्षित गरि सोलार, गिजर, हिटर लगायतका यस्ता थुप्रै विद्युतीय सामाग्रीहरु प्रर्दशनमा राखिएका छन् ।

१) सोलारः
भृकुटीमण्डपमा जारी उक्त मेलामा जाडोलाई लक्षित गरेर सोलार पनि प्रर्दशनीमा राखिएको थियो । सिटी सप्लायर्सका डाईरेक्टर राजेन्द्र पौडेलका अनुसार मेलाको पहिलो दिन करिब ५५ जनाले सोलार बुकिङ गराएका थिए भने दोस्रो दिन त्यो भन्दा बढी मानिसहरुले स्टलमा आएर अवलोकन गरेका थिए ।

सिटी सप्लायर्स कम्पनीको सन प्लस ब्राण्डका सोलारको ६ वर्ष वारेन्टी रहेको उनी बताउँछन् । यो भारतीय ब्राण्ड हो । मेलाको अवसरमा यस कम्पनीको सोलार बुक गरेमा डेलिभरी र फिटिङको सुविधा छ । यो सोलारमा एकपटक सूर्यको किरण परेपछि २४ घण्टा सम्म नै सोलारबाट तातो पानी आउने पौडेलले बताए ।

त्यस्तै इन्डियन कम्पनी डेल्टाको सोलारको मुल्य २ सय लिटरको ३८ हजार रहेको छ । यस मेलामा विषेश छुटको व्यवस्था पनि गरिएको छ । डेल्टाको सोलारको १ वर्ष वारेन्टी रहेको छ ।

यस सोलारमा सुर्यको किरण परेपछि एकपटकमा घण्टाको २५० लिटर पानी तातिन्छ । जाडोमा सोलार एकदमै उपयोगी सामाग्री रहेको उनको दाबी छ । नुहाउन, लुगा धुन, भान्सा लगायतका घरायसी कार्यमा सोलारले निकै उपयोगी हुन्छ ।

२) इलेक्ट्रिक गिजर
अहिले बजारमा स्मार्ट गिजर पनि उपलब्ध छ । निक एक्सपोमा इलेक्ट्रिक गिजर पनि प्रदर्शनीमा राखिएको छ । भीगार्ड कम्पनीको भेरन ब्राण्डको स्मार्ट गिजर पनि अवलोकनकर्ताहरुको नजरमा परेको छ ।

तपाई जहाँ भए पनि वाइफाइबाट घरमा रहेको गिजर चलाउन सकिन्छ । भीगार्ड कम्पनीका सेल्स एग्जिक्युटिभ राजु गुरुङका अनुसार भेरेन ब्राण्डको इलेक्ट्रिक गिजरमा ५ वर्षको वारेन्टी छ । यो गिजर भारतीय ब्राण्ड हो ।

हामी जहाँ भएपनि वाईफाई कनेक्ट छ भने यो गिजर खोल्न र बन्द गर्न सकिन्छ । यो गिजरमा पानी तातो भएपछि अटोमेटिभक अफ पनि हुने गर्छ । गिजरको मुल्य नेपाली बजारमा ५ हजार ९ सय देखि सुरु भएर करिब ४१ हजार सम्म पर्छ ।

त्यस्तै मेलामा नेपालमै पहिलो पटक लन्च भएको ब्रान्ड पोलीकब एप्लाइनेसको इलेक्ट्रिक गिजर थियो । जुन वाईफाईबाट कनेक्ट गरेर चलाउन सकिन्छ । मोवाइलमा एप डाउनलोड गरेर चलाउन सकिने यो गिजर कम विजुली खपत गर्छ ।

पोलीकब कम्पनीको १ लिटरको गिजरको ५ हजार १ सय र १५ लिटरको १७ हजार ५ सय रुपैयाँ भ्याटसहित पर्छ । यस गिजरको २ वर्ष वारेन्टी र ट्याङकको ७ वर्ष वारेन्टी रहेको यस कम्पनीको म्यानेजिङ डाइरेक्टर रमेश जोधानीले जानकारी दिए । पोलीकब एसियाकै ठूलो कम्पनी हो ।

त्यस्तै क्रम्टनको इलेक्ट्रिक गिजर १ लिटरको ७ हजार देखि ५० लिटरको २७ हजारसम्म मुल्य पर्ने गिजर प्रदर्शनीमा राखिएको थियो । यस गिजरको २ वर्षसम्म वारेन्टी रहेको छ ।

युनिलाइफ कम्पनीको रेलिसन ब्रान्डको ग्याँस गिजर ७ हजार रुपैयाँ पर्ने यस कम्पनीका प्रोपाइटर दिलिप कुमार झाले बताए । यस गिजर किन्दा हात खाली नजाने उपहार राखिएको छ । र लक्की ड्रबाट आकर्षक उपहार पनि राखिएको थियो ।

आकाश कम्पनीको ग्याँस गिजरको मुल्य ६ लिटरको ७ हजार रुपैयाँ रहेको छ । यस गिजरले १ मिनेटमा ६ लिटर पानी तातिन्छ । उषा कम्पनीको इलेक्ट्रिक गिजरको मुल्य १ लिटरको ७ हजार देखि ३५ लिटरको १८ हजार पर्छ ।

३) हिटर
आकाश कम्पनीको इलेक्ट्रिक हिटरको मुल्य १ हजार १ सय देखि २ हजार ८ सय सम्म पर्छ । त्यस्तै उषा कम्पनीको युरोलेक्स नामको हिटरको मुल्य ४ हजार ५ सय र उषा नामको ५ हजार ३ सय रुपैयाँ छ ।

यस मेलाको अवसरमा विषेश छुटको व्यवस्था गरिएको कम्पनीका एक्ज्युकेटिभ सेल्स अफिसर राजीब मास्केले जानकारी दिए ।

Logo