निक इलेक्ट्रो टेकमा जानै पर्ने कारण के ? ( भिडियो सहित )

निक इलेक्ट्रो टेकमा जानै पर्ने कारण के ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराको साथ इलेक्ट्रोनिक्स सामानहरुको व्यापारमा सहज र प्रर्वद्धनका लागि भृकुटीमण्डपमा आयोजना गरिएको निक इलेक्ट्रो टेकको आज तेस्रो दिन हो ।

नेपाल विद्युत महासंघले आयोजना गरेको ‘निक इलेक्ट्रो टेक–२०१८’ पौष १० गतेसम्म पाँच दिन चल्नेछ । विद्युतिय सामग्रीहरुको व्यवसायलाई थप विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागितामा यो मेला विगत १९९६ देखि २–२ वर्षको फरकमा आयोजना हुँदै आएको हो ।

यो मेलाको उद्देश्य भनेको विद्युतिय सामाग्रीहरुको बारेमा एकै छानामुनी धेरै सामान पाइने र कसरी धेरै जानकारी लिन सकिने भन्ने नै हो । मेलामा स्वदेशी तथा विदेशी ब्राण्डहरुको अत्याधुनिक विद्युतिय सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् । यहाँ ७७ वटा स्टलहरु रहेका छन् । ३ दिन सम्ममा मेलामा करिव ५० हजार जनाले अवलोकन गरिसकेका छन् । यहाँ के छन् त त्यस्ता आकर्षक सामानहरु ? उपभोक्ताहरु मेलामा किन जाने ? यी सबै कुराको लागी हेरौं भिडियोमा :

Logo