नेपाली बजारमा आयो नयाँ ‘३ पुस्ते’ स्वीच र झुमर स्टाईलको फ्यान

नेपाली बजारमा आयो नयाँ ‘३ पुस्ते’ स्वीच र झुमर स्टाईलको फ्यान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं निक इलेक्ट्रो टेक २०१८ मा विद्युतीय सामाग्रीहरुप्रति ग्राहकको आकर्षण बढ्दो छ । ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म चल्नेछ । मेलामा नयाँ नयाँ प्रविधिका विद्युतीय सामाग्रीहरुप्रतिको आकर्षण बढिरहेको हो ।

निक इलेक्ट्रो टेक २०१८ को मुख्य आकर्षणको रुपमा राठी ग्रुपको क्रम्टन ब्राण्ड अन्तर्गत नेबुला र जुपिटर फ्यान रहेको छ । त्यस्तै राठी कम्पनीकै तीन पुस्ते स्वीच पनि मेलाको मुख्य आकर्षण बन्न पुगेको छ । उक्त मेलामा यो फ्यान र स्विचले सबैको ध्यानाकर्षण गरेको छ ।

१) नेबुला फ्यान र जुपिटर फ्यान:
क्रम्टन ब्राण्डको नेबुला र जुपिटर फ्यानले मेलामा अवलोकनकर्ताहरुको ध्यान तानेको छ । सामान्यतया फ्यानमा ३ वटा प्लेट हुने गर्दछ । तर नेबुला फ्यानमा ४ वटा र जुपिटर फ्यानमा ५ वटा प्लेट रहेको छ । जसले गर्दा पनि आकर्षक देखिन्छ । यी फ्याननहरुले अरुको भन्दा बढी हावा फाल्ने कम्पनीले जनाएको छ ।

नेपालमा पहिलो पटक भित्रिएको यो फ्यानमा एलइडी बल्व पनि जडान गर्न मिल्छ । यी फ्यानहरुमा २ वर्षको वारेन्टी छ । नेबुला र जुपिटर फ्यान झुमर स्टाइलमा बनेको छ । यो फ्यान किन्दा उपभोक्ताले दुईवटा सुविधा एकैसाथ पाउन सकिन्छ ।

गर्मीमा हावा र अध्यारोमा बत्तिको सुविधा रहेको छ । फ्यान घुम्दा बत्ति भने नघुम्ने भएकोले गर्दा बत्तिमा कुनै असर नपर्ने कम्पनीले जनाएको छ ।

नेपालमा पहिलो पटक लन्च भएको झुमर स्टाईलको फ्यानको मुल्य नेपाली बजारमा करिब रु. १७ हजार ७ सय ५० पर्छ । तर यो मेला अवधि भर उक्त फ्यानमा १५ प्रतिशत डिस्काउट रहेको कम्पनीले दाबी गरेको छ ।

२) तीन पुस्ते स्वीचः
मेलामा राठी ग्रुपले ल्याएको तीनपुस्ते स्वीच पनि अवलोकनकर्ताहरुको नजरमा परेको छ । १० वर्षको वारेन्टी भएको यो स्वीच ३ पुस्तासम्म टिक्ने कम्पनीको दावी छ ।

सामान्य स्वीचहरु कपर र ब्रासले बन्ने भएतापनि यसमा चाँदी मिश्रित भएकाले गुणस्तरीय भएको कम्पनीले जनाएको छ । अन गर्दा स्पार्क कम हुने भएकाले स्वीचको लाइफ टाइम बढ्ने कम्पनीले जनाएको छ ।

तीन पुस्ते स्वीच नर्मल स्वीच भन्दा १० प्रतिशत महंगो र गुणस्तरीय रहेको छ । यो स्वीच नेपाली बजारमा लन्च भएको करिब २ महिना मात्र भएको छ । भारतीय ब्राण्डको यो स्वीचको नेपाली बजार मुल्य न्युनतम २ सय ५० देखि ५०० सम्म पर्छ ।

Logo