सम्पत्ति बीमा निर्देशिका १७ बर्षपछि परिमार्जन

सम्पत्ति बीमा निर्देशिका १७ बर्षपछि परिमार्जन

केन्द्रबिन्दु
0
Shares

बीमा समितिले १७ बर्षपछि सम्पत्ति बीमा निर्देशिका  परिमार्जन गरेको छ । २०५८ सालको सम्पत्ति बीमा निर्देशिकालाई समय सापेक्ष बनाउनका लागि परिमार्जन गरिएको हो।

सम्पत्ति बीमा लेख अन्तरगत सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, र पुनस्थापना सम्पत्ति बीमालेख पर्छन् ।

परिमार्जित निर्देशिका अनुसार १ करोड रुपैयाँभन्दा कम मूल्यको घरको बीमा गराउँदा प्रतिहजार रुपैयाँको ४० पैसाका दरले बीमा शुल्क तिरेर बीमा गराउन सकिने भएको छ । यो शुल्क अनुसार १ करोड रुपैयाँको घरको बीमा बार्षिक ४ हजार रुपैयाँ बीमा शुल्कमा गर्न सकिनेछ । यस्तो बीमामा हुलदंगा तथा आतंकबाद जोखिम भने समावेश हुने छैन ।

समितिका अध्यक्ष चिरन्जीबी चापागाईँले अब सम्पत्ति बीमा शुल्क ६५ प्रतिशतसम्म घट्ने जानकारी दिए।  शुल्क घटेकाले बीमाको दायरा बढ्ने अपेक्षा समितिले अपेक्षा गरेको छ ।

Logo