निक इलेक्ट्रो टेकका मुख्य आकर्षणहरु ( भिडियो सहित )

निक इलेक्ट्रो टेकका मुख्य आकर्षणहरु ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराको साथ इलेक्ट्रोनिक्स सामनहरुको व्यापारमा सहज र प्रर्वद्धनका लागि भृकुटिमण्डपमा यो मेला आयोजना गरिएको छ । नेपाल विद्युत महासंघले आयोजना गरेको ‘निक इलेक्ट्रो टेक–२०१८’ पौष ६ गते देखि पौष १० गतेसम्म पाँच दिन चल्नेछ । विद्युतिय सामग्रीहरुको व्यवसायलाई थप विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागितामा यो मेला विगत १९९६ देखि २–२ वर्षको फरकमा आयोजना हुँदै आएको छ ।

यो मेलाको उद्देश्य भनेको विद्युतिय सामग्रीहरुको बारेमा एकै छानामुनी धेरै जानकारी लिन कसरी सकिने भन्ने नै हो । मेलामा स्वदेशी तथा अन्तराष्ट्रिय ब्राण्डहरुको अत्याधुनिक विद्युतिय सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । यहाँ जम्मा ७७ वटा स्टलहरु रहेका छन् । निकको मुख्य प्रायोजन रहेको यस मेलाको मुख्य आकर्षण के के छन् त ?

निकको ट्रान्सफर्मर

नेपाली कम्पनी निक (नेपाल इकरात इन्जिनियरिङ) कम्पनीले बजारमा ल्याएको यो ट्रान्सफरमर ९ हजार केभिएको रहेको छ । यो अहिले सम्म नेपालमा बनेको सबैभन्दा ठूलो ट्रान्सफर्मर हो । यसको मुल्य डेढ करोड रुपैयाँ रहेको छ । यो मझौला हाइड्रोपावरको प्रयोगको लागि बनाइएको निक कम्पनीको असिस्टेन्ट म्यानेजर अभिषेक श्रेष्ठले बताए । ६६ भोल्टेजको ट्रान्सफर्मरको २० वर्षसम्म ग्यारेन्टी हुनेछ । निक कम्पनीको २ लाखदेखि डेढ करोड रुपैयाँसम्मको ट्रान्सफर्मर मेलामा राखिएको छ ।

एफआरएलएस केवुल

जनता केवुल नेपालकै पुरानो कम्पनी हो । यो कम्पनी ४० बर्ष पुरानो हो । जनता केवुलले नेपालमा नै उत्पादन गरेको यस केवुल आगो नलाग्ने र लागे पनि नफैलने हुन्छ । यो केवुल कपर र आल्मुनियमले बनेको हुन्छ । सामन्य केवुलमा आगो लागेमा धुँवा फैलन्छ र गुम्सेर वा निसास्सिएर नै मानिसहरुको मृत्यु हुने भएकोले जनता केवुलले अत्याधुनिक प्रविधिबाट यो केवुल बनाइएको किशोर घिमिरेले बताए । अन्तराष्ट्रिय स्तरको यो केवुल शत प्रतिशत सुरक्षित हुन्छ ।

सेक्युरीटी साइरन

खुशीबु कम्पनीको टच कनेक्ट ब्रान्डले विशेष किसिमको साइरन सार्वजानिक गरेको छ । आफ्नो घर वा अफिस सुरक्षित राख्नको लागि एकदमै प्रभावकारी रहेको खुशीबु कम्पनीको एक्ज्युकेटिभ म्यानेजर विश्वराम बलामीले बताए । यो मेसिन सटरमा जडित गरिएको हुन्छ । त्यहाँ सिम राखिएको हुन्छ र सिम आफ्नो मोबाइलमा कनेक्ट गरिएको छ । त्यो सटर कसैले चलाएमा फोन बज्छ ।

तौल कम गर्ने मेसिन

प्रो हेल्थ केयर नामक मल्टि फिटनेस मेसिनले शरिरको अनावश्यक बोसो घटाउन मिल्ने यस कम्पनीको सेल्स म्यानेजर मोहम्बद बिलालले जानकारी दिए । यो मेसिनको बिषेशता भनेको एउटा मेशिनबाट नै सबै किसिमको व्यायाम गर्न सकिने र त्यसको साथै कपालभाती लगायतका प्राणायाम पनि गर्न मिल्नेछ । इन्डियन ब्रान्डको यो मेसिनको मुल्य ७५ हजार रहेको छ ।

वाइरिङ पाइप

सामन्यतया वाइरिङ गर्नको लागि प्रयोग हुने कालो पाइप आगलागी हुने आगो फैलने र अक्सिजनको अभावमा निस्सासिएर धेरैले ज्यान गुमाउने गर्छन् । यो पाइपको प्रयोगले आगलागी नहुने र आगलागी भइहाले पनि नफैलने हुन्छ । तर यो पाइप जडान गर्नको लागि दक्ष जनशक्तिको भने आवश्यक हुन्छ । यसको मुल्य २२ एमएमको ५५ रुपैयाँ पर्छ । यो अन्तराष्ट्रिय ब्रान्ड हो । इलेक्ट्रोलाइट सोलुसन कम्पनीको यो वाइरिङ सुरक्षित र भरपर्दो छ ।

स्विच

युनिलाइफ कम्पनीको रेलीसन ब्रान्डले आगो नलाग्ने स्वीच बजारमा ल्याएको छ । चाइनिज ब्रान्डको यो स्वीचको पार्टमा कपर, ब्रेस प्रयोग गरिएकोले करेन्ट लिक हँदैन । गोल्डेन र सिल्भर कलरमा उपल्बध यो स्वीचको मुल्य ११ सय रुपैयाँ रहेको छ । धेरैजसो विद्युतिय उपकरणहरुको गुणस्तर कम हुने भएकोले दुर्घटना निम्तिने खतरा भएकोले यस्तो स्विच प्रयोग गर्नुपर्ने युनिलाइफ कम्पनीका प्रोपाइटर दिलिप कुमार झा बताउँछन् । यस स्विचमा १५ वर्षसम्म ग्यारेन्टी रहेको छ ।

हावाबाट पानी बन्ने प्रबिधि

क्रमप्टन कम्पनीको स्टलमा राखिएको यो प्रविधी नेपालमा पहिलो पटक भित्रिएको हो । जुन मेलाको मुख्य आकर्षणको रुपमा रहेको छ । हावाबाट पानी बनाउने यो नयाँ प्रविधिले हावाबाट २४ घण्टा मा ५० लिटर शुद्ध पानी जम्मा हुने गर्दछ । ५० लिटर पानी जम्मा हुँदा यस प्रविधिले ८ सय वाट विद्युत खपत गर्दछ । यो बिधिले हावामा भएको पानीलाई कन्डेन्सको माध्यमबाट पानी बन्ने गर्दछ । पानीलाई शुद्धिकरण गरेर बनाउन योग्य बनाउनुको साथै हावालाई पनि स्वच्छ बनाउने काम यो प्रविधिले गरेको छ ।

फाइब जी वाटर फिल्टर

वेब कम्पनीको फाइब जी वाटर फिल्टरले पानी शुद्धिकरण गर्नुको साथै पानीलाई तातो, चिसो र मनतातो पनि बनाउँछ । यसले खानेकुरा, सब्जी, फलफुल दाल लगायतको खाद्यान्न पनि शुद्धिकरण गर्नेछ । यसमा २४ घण्टा विद्युतको आवश्यकता हुन्छ र यो सिधैं धाराबाट जोडिन्छ यसमा इन्टरनल स्टोरेज हुँदैन । खानेकुरालाई प्लाष्टिकको भाडामा पानीमा डुबाएर राख्ने र खानेकुरामा केमिकल भएमा त्यहाँ भएको केमिकल उम्लीएर बाहिर निस्कन्छ । बाहिर गएमा केमिकल रहेको थाहा हुन्छ । केमिकल नभएमा पानी उम्लेर बाहिर जादैन । यस वाटर फिल्टरको मुल्य ५५ हजार रहेको छ । एक्सोमा यस कम्पनीले २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

इलेक्ट्रिक गिजर

अहिले बजारमा स्मार्ट गिजर पनि उपलब्ध छ । निक एक्सपोमा इलेक्ट्रिक गिजर पनि प्रदर्शनीमा राखिएको छ । भीगार्ड कम्पनीको भेरन ब्राण्डको स्मार्ट गिजर पनि अवलोकनकर्ताहरुको नजरमा पर्याे । यो गिजर तपाई जहाँ भए पनि वाइफाइबाट घरमा रहेको गिजर चलाउन सकिन्छ । भीगार्ड कम्पनीका सेल्स एग्जिक्युटिभ राजु गुरुङका अनुसार भेरेन ब्राण्डको इलेक्ट्रिक गिजरमा ५ वर्षको वारेन्टी रहेको छ । यो गिजर भारतीय ब्राण्ड हो । हामी जहाँ भएपनि वाईफाई कनेक्ट छ भने यो गिजर खोल्न र बन्द गर्न सकिन्छ । यो गिजरमा पानी तातो भएपछि अटोमेटिक अफ पनि हुने गर्दछ । गिजरको मुल्य नेपाली बजारमा ५ हजार ९ सय देखि सुरु भएर करिब ४१ हजार सम्म पर्ने गुरुङले बताए । हेरौं भिडियोमा :

Logo