नवौं निक इलेक्ट्रो टेक–२०१८ शुरु, उर्जामन्त्रीद्धारा उद्घाटन

नवौं निक इलेक्ट्रो टेक–२०१८ शुरु, उर्जामन्त्रीद्धारा उद्घाटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्युत महासंघको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नवौं निक इलेक्ट्रो टेक–२०१८’ सुरु भएको छ ।

पुस १० गतेसम्म चल्ने मेलाको उर्जा मन्त्री वर्षमान पुनले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय साम्रागीहरु प्रदर्शनीमा राखिएको छ । इलेक्ट्रो टेक मेला हरेक दुई–दुई वर्षमा आयोजना भईरहेको छ ।

मल्टिनेशनल कम्पनी र यसका ब्रान्डहरु पनि यो प्रदर्शनीमा रहेका छन् । नेपाली उत्पादनहरुमा ट्रान्सर्फमर, तार, केबुल आदि रहेका छन् । साथै आयात भएका वस्तुहरु पनि समावेश गरिएका छन् ।

Logo